प्रधानन्यायाधीशको परिवारबाटै न्यायालयमा विचौलियाको संरक्षणःश्रेष्ठ
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २२ गते १७:२७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनका क्रममा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए
उहाँले प्रमुख राजनीतिक दलहरुले पनि जबराको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले प्रधानन्यायाधीशलाई दिइरहेको सवारी साधन, सुरक्षा लगायतका सुविधा खारेज गर्नुपर्ने बताए ।
प्रधानन्यायाधीश जबराले पदीय आचरण अनुसार काम गर्न नसकेको भन्दै कानून व्यवसायीले उहाँको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।