शनिबार, असोज १३, २०८०

विवादको बाबजुद नेपाली जनसम्पर्क समिति अमेरिकाले १४ जना प्रतिनिधि छान्यो, देउबा पक्ष अल्पमतमा

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २० गते १२:१६

विवादको भूमरीमै रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाले १४ जना प्रतिनिधि छनौट गरेको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनले नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशनका लागि १४ जना प्रतिनिध छनौट गरेको हो । आज डिसेम्बर ५ आइतबारका दिन प्रधान मन्त्रि तथा कांग्रेसका सभापति शेर बहादुर देउबाले दिउसो २ बजे कार्यक्रम उद्घाटन सहित शुभ कामना मन्तब्य राखेका थिए ।

अत्यन्तै विवादका वावजुद सबै सकृय सदस्यलाई बाहिर राखेर डलर दिनेलाई मात्र प्रतिनिधि लगेको छ । १४ जनामा सभापति देउबा भनेर खोल्ने ५ जना छन् भने देउबा समूह इतरका ९ जनाले बाजी मारेका छन् ।

यसै कुरालाई लिएर भर्जिनिया निवासी तथा उप सभापति केशव बरालले आज उप्रान्तबाट कुनै पनि पदमा नरहेको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । संस्थापन पक्षलाई अल्पमत प्रतिनिधि छाने पछि असन्तुष्ट व्यक्त गर्दै पद त्यागको घोषणा गरेका हुन् ।

शेर बहादुर कट्टर बिरोधि यादव पण्डित पनि प्रतिनिधि छानिएका छन् । समानान्तर समिति गठन गर्ने आनन्द बिष्टलाई चुनौती दिने बिष्णु सुबेदी र धनन्जय नरसिंह केसी पनि प्रतिनिधि छानेकोले पनि यो बुझ्न सकिन्छ कि यस पटक आनन्द बिष्ट नराम्रो संग चुकेका छन् ।

प्रतिनिधिमा छानिएकामा विद्यासागर योञ्जन ,सुवास लामा, अमृत भट्टराई, रामशरण हुमागाई, गौतम दाहाल,लक्ष्मी केसी, विश्व वास्तोला,भरत अर्याल र कृष्ण लामिछाने पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि परेका छन् ।

श्रोत भन्छ ,ति मध्ये ३ जनाले अमेरिकी नागरिक लिएका छन् भने नेपालको संबिधान अनुसार बिदेशी नागरिक लिएकालाई प्रतिनिधि हुनबाट बर्जित गरेको छ । कसैले उजुरी दिई मुद्धा परेको खण्डमा महाअधिवेसन समिति नै भंग हुन् सक्ने प्रावधान छ ।

३ दिन अगाडी कृष्ण लामिछानेले यो प्रक्रियाको कडा बिरोध गरि रहेको अवस्थामा उनि आफै महाअधिवेशन प्रतिनिधिमा छानिए पछि उनि मौन छन् । कृष्ण लामिछाने राम चन्द्र तथा प्रकाश मन श्रेष्ठका निकट हुन् । उनका बुवा गोर्खा नाम्जुंग गाबिसका वडा अध्यक्ष हुन् ।

यसरी भूमिगत रुपमा गरिएको यो सम्मेलनको व्यापक बिरोध तथा असन्तुष्टिहरु सामाजिक संजाल मार्फत ओकलिरहेका छन् । सदैव लोकतन्त्रको हिमायती कांग्रेसले यसरी ७ बर्ष सम्म अधिवेशन नगराई भूमिगत शैलीमा आफू खुशी एक दिने सूचनाको भरमा अधिवेशन गरेपछि उसको शाख सम्पूर्ण जन मानसमा अरुलाई लोकतन्त्रको पाठ पढाउने कांग्रेस धेरै पटक चुकेको छ ।

तपाइँको प्रतिक्रिया