शनिबार, असोज १३, २०८०

नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्तालाई नेता सिंहको आग्रह

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १६ गते १६:२४

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । हेटौडामा भएको काँग्रेस बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गरेका हुन्।

‘नेतृत्व चयन गर्दा होस नपुर्याउने, अनि काँग्रेसले काम गरेन भनेर गुनासो गर्ने रु’ उहाँले भन्नु भयो ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईहरुले ध्यान दिनु पर्दछ ।’

साथै उनले काँग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताउँनु भयो । ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाई त काँग्रेसले पाउनु पर्ने हो । तर कम्युनिष्टहरुले प्राप्त गरे।’ नेता सिंहको भनाई थियो । संविधान जारी काँग्रेसले गरेको र संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि काँग्रेसमा नै रहेको उनले टिप्पणी गरे । जनताले अपेक्षा गरेको परिवर्तन हुन अझै बाँकी रहेको नेता सिंहले बताए।

उनले समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेको जिकिर गरे । कम्युनिटहरुले प्राप्त उपलब्धीहरु नष्ट गर्न लागि परेको उनको आरोप छ । करीब दुईतिहाइको सरकार हुँदा पनि कम्युनिष्टहरु संघीयता कार्यन्वनका समेत असफल भएको उनले बताए । नेता सिंहले अब देशमा आर्थिक क्रान्ति गर्नु पर्ने समय आएको भन्दै त्यसको नेतृत्व पनि काँग्रेसले नै गर्नु पर्ने बताए । काँग्रेसको नेतृत्वमा मात्रै मुलुकमा आर्थिकक्रान्ति सम्भव भएको उनको दाबी छ । जनताको जिवन र जिविको पार्जन सहज बनाउनको लागि आर्थिक कार्यक्रम ल्याउनु पर्नेमा उनको जोड छ । अबको अर्थिक क्रान्ति जनताको स्वास्थ्य उपचार निशुल्क गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने उनले बताए ।

तपाइँको प्रतिक्रिया