संसद् र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानकाे उपाय खाेज्छु: सभामुख सापकोटा
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १६ गते १५:४१
काठमाडाै । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन । स्पेनबाट आज स्वदेश फर्किएका सभामुख सापकोटाले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गर्दै संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारे आफूले पहल गर्ने बताएका हुन् ।
उनले पछिल्लो समय राजनीतिक पार्टीप्रति नागरिकको विश्वास गुम्दै गएकाले अब पार्टीहरुले आफ्नो कार्य सुधार गर्दै लैजानु पर्ने बताए ।
अन्तर व्यवस्थापिका सङ्घ आईपीयूको १४३ औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटासहितको प्रतिनिधिमण्डल गएको ८ गते स्पेनको म्याड्रिड गएको थियो । सभामुख सहितको टोली आज स्वदेश फर्किएको हो ।