एमाले उपाध्यक्षमा पनि ओली प्यानल विजयी, भुसाल पराजित
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १४ गते १६:१९
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्षमा पनि ओली प्यानलले नै जित हासिल गरेको छ । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् । उनले ७२५ मत ल्याए ।
६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भएका छन् ।मत परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।