मंगलबार, असोज १६, २०८०

थप १५८ जना व्यक्तिमा कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १२ गते १६:१९

काठमाडौं । नेपालमा गत २४ घण्टाको अवधीमा १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ९ सय १८ जनाको परीक्षण १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर परीक्षणबाट १५४ र एन्टीजेन्ट विधिबाट ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३ सय ४२ जना संक्रमणमुक्त भएसंगै हालसम्म ८ लाख २ हजार ३ सय ८९ जना संक्रमणमुक्त भइसकेका भएका छन ।

यसैगरी २४ घण्टाको अवधिमा २ जनाको मृत्यु भएसंगै हालसम्म ११ हजार ५ सय २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ६ हजार ९ सय ६६ जना रहेका छन् । जसमध्ये आईसीयूमा १ सय ७१ र भेन्टीलेटरमा ३३ जना उपचार भइरहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया