जाजरकोटमा बस दुर्घना हुँदा पाँच जनाको मृत्यु,२७ घाइते
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १२ गते १०:०७
काठमाडौं । आइतबार विहान जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
बसमा ३२ जना यात्रु थिए । मृत्यु हुनेको पहिचान खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले जानकारी दिए ।