किन ढिलो गरि शुरु भयो एमालेको बन्दसत्र ?
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ११ गते १५:५२
काठमाडौं। नेकपा (एमाले) को जारी दशौं महाधिवेशनको दोस्रो दिन आज ढिलोगरी बन्दसत्र शुरु भएको छ । सहमतिको प्रयासमा नेतृत्व लागेपछि बन्दसत्र शुरु गर्न ढिलाई भएको नेताहरुले बताएका छन । विहान साढे ८ बजेबाट शुरु गर्ने निर्धारित समयभन्दा करिब सात घण्टा ढिलो गरी साढे तीन बजे बन्दसत्र शुरुभएको हो ।
सौराहाको सेभन स्टार होटलको बैठक कक्षमा शुरुभएको बन्दसत्रमा विदेशी पाहुनाहरुले धारणा राखिरहेका छन । विभिन्न देशबाट पठाइएको शुभकामना सन्देश पनि बैठकमा पढेर सुनाउने कार्यसूची रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
विदेशी पाहुनाहरुले धारणा राखिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य दिनुहुने कार्यक्रम तय भएको एमालेले जनाएको छ।