एमाले महाधिवेशनमा देखिएको दृश्य
नेकपा एमालेको दशौंं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्र चितवन स्थिती नारायणी नदी किनारामा सम्पन्न भएको छ । पार्टी विभाजित पछि भएको एमालेको दशौं महाधिवेशनमा देशभरबाट हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
निकै तामझामसँग सुरु भएको पार्टीको उद्घाटन सत्रमा विभिन्न दलका आमन्त्रीत पाहुनाहरुले शुभकामना सन्देश व्यक्त गरे। पार्टीको महाधिवेशन भएकाले दलका प्रतिनिधिहरुले सुभेच्छा सहित एमालेबाट मुलुक निर्माणका लागि थप आसा र अपेक्षा समेत व्यक्त गरे । कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले ओली सरकारसँगै काम गरेको अनुभव सहित लिपुलेक, लिम्पीयाधुरा र समेटेको नक्सा र भारतले गरेको अघोषित नाकाबन्दीको खुलेरै प्रशंसा गरे ।
तराईमा आन्दोलन चलाइरहेको पृथकतावादी सिके रावत समूर र विप्लव समूहलाई शान्ति वार्तामा ल्याएकोमा खुसी व्यक्त गरे ।त्यस्तै लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ओली सरकारमा हुँदा आफ्ना केही मागहरु पूरा भएकोमा खुसी व्यक्त गर्दै देउवा सरकारबाट बाँकी रहेका मागहरु पूरा हुने विश्वास व्यक्त गरे । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न सुझाए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष चित्र बहादुर केसीले कम्युनिष्टहरु इतिहास देखि वर्तमानसम्म फुट्दै आएको बताउँदै दलहरुकै कारण संसद सरकार र न्यायापालिकामा अराजकता उत्पन्न भएको स्विकार गर्नु पर्ने बताए । त्यस्तै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले समाजवादी समाज निर्माणका लागि कम्युनिस्ट पार्र्टीहरूको एकता र धुब्रीकरण आवश्यक रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए । उनले ओली र आफूसँगै जेल बसेको समेत स्मरण गराए ।