मंगलबार, असोज १६, २०८०

ओलीका पालामा हाम्रा केही माग पूरा भए, बाँकी काम देउवाजीले गर्नुहुन्छ भन्ने विश्वास छ: ठाकुर

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १० गते १४:२०

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना केही माग पूरा गरेको र बाँकी काम प्रधानमन्त्री शेर बहादुृर देउवाले गर्ने अपेक्षा व्यक्त गरे ।

नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदैं उनले ‘ओलीजीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनुभयो । हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद । अब देउवाजी प्रधानमन्त्री हुनुभएको छ । बाँकी माग पूरा गराउन म देउवाजीलाई आग्रह गर्न चाहन्छु’, ठाकुरले भने ।

मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराए । संविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए ।

तपाइँको प्रतिक्रिया