एमालेलको महाधिवेशनबाट देशलाई संकटबाट बचाउने अपेक्षा गरेको छु: कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कल थापाले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिएका छन् । अध्यक्ष थापाले नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको एक प्रम्ुख शक्ति हो। नेपालको एक प्रमुख राजनीति दल भएको बताए ।
उनले एमालेको महाधिवेशन देश तथा विदेशबाट उत्सतासाथ हेरिरहेको बताए । उनले नेपालको इतिहासमा सर्वाधिक भ्रष्टा«चार व्याप्त भएको, चालिस लाख भन्दा बढी नेपाली नागरिकहरु विदेशीएको आरोप लगाए । उनले नेपालमा बाह्य शक्तिहरुको प्रभाव बढ्नुका साथै अन्तराष्ट्रिय शक्तिहरुको क्रिडास्थल बन्ने सम्भवना रहेको बताए । उनले केपी ओलीबाट दृढ विश्वास र राष्ट्रवादी सोच भएकाले उनले देशलाई निकास दिने अपेक्षा गरे । उनले केपी ओलीले नेतृत्व गरेको समयमा आफू सरकारमा सहभागी भएको र भारती नाकाबन्दी अन्त्य र मधेशमा बलेको आगाो निभाउन सफल भएको बताए । उनले छिमेकी राष्ट्रसँग पारवाहन व्यपार सम्झौता गरेको बताए ।
उनले केपी ओलीको पछिल्लो सरकारको काम कार्बाही बारे सन्तुष्ट हुन नसकेको बताए । उनले जनताको जनादेश मार्फत कामनगरेको बताए । उनले मधेशमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण रुपमा ल्याउन र लिपुलेक, लिम्पीयाधुरा सहित आफ्नो नक्सा संविधानमा समेट्दै नेपाल र नेपालीलाई अविस्मरणी रहेको बताए । उनले देशलाई