सोमबार, असोज १५, २०८०

कांग्रेसको १४ जिल्लाको अधिवेशन सकियो

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ९ गते १८:३२

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३० जिल्लाको अधिवेशन सकिएको छ । ती जिल्लामा सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लागिसकेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणमा १६ जिल्लाको अधिवेशन भएको हो ।

१४ हिमाली जिल्लाको अधिवेशन त्यसअघि नै भइसकेको थियो । ३० जिल्लाको परिणाम आउँदा सभापति संस्थापन पक्ष बलियो देखिएको छ । देउवा पक्षले १६ जिल्लामा सभापति जितेको छ । १४ जिल्लामा संस्थापन इतर समूहका नेताहरू जिल्ला सभापतिमा चुनिएका छन् । कांग्रेसले सोमबारदेखि क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिरहेको छ ।

जसअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये ३२ जिल्लाको अधिवेशन भएको सचिव श्रेष्ठले जानकारी दिए । तीमध्ये खोटाङ, सोलुखुम्बु र पर्वतको नतिजा आउनेक्रममा छ । दार्चुला, धनकुटा र रसुवामा अधिवेशन हुन बाँकी छ । दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा भने भोलि जिल्ला अधिवेशन हुदैछ । समितिले अहिलेसम्म दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका ३१ जिल्लामा क्षेत्रीय अधिवेशन सकिएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया