मंगलबार, असोज ९, २०८०

सर्वाेच्चले १५ गतेबाट गोलाप्रथाका आधारमा पेशी तोक्ने

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ९ गते १५:२७

काठमाडौं । सर्वाेच्च अदालतले १५ गतेबाट गोलाप्रथाद्वारा पेशी तोक्ने भएको छ । बिहिबार बसेको सर्वाेच्च अदातलको पूर्ण बैठकले यहि मंसिर १५ गतेबाट गोलाप्रथाद्वारा पेशी तोक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

तपाइँको प्रतिक्रिया