राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ८ गते १२:५४
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उहाँको बुधबार बिहान निधन भएको हो ।
शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत हुन । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहनुभएका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए ।