एमसीसी पास हुन्छ- प्रचण्ड
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ८ गते १२:३३
कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान न्यायालयबाट नभए आफूहरुले कदम चाल्ने बताएका छन् ।
धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले पाँच दलले न्यायालयको समस्या उनीहरुले नै मिलाउन भनेर छाडिदिएको भन्दै त्यसो हुन नसके आवश्यक कदम चाल्ने बताए ।
एमसीसीको विषयमा वृद्धिजिवी, नागरिक समाज, कानुन ब्यवसायी, पत्रकार लगायतसंग छलफल गरी राष्ट्रिय सहमतीबाटै पारित गर्ने उहाँको भनाइ थियो । भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि दाहाल कैलाली पुगेका हुन्।