शनिबार, असोज १३, २०८०

एमालेद्वारा ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ७ गते १९:३४

काठमाडौं । नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटासहितको अध्यक्ष मण्डल गठन गरेको हो ।

त्यसै गरि सात सदस्यीय माइन्युट कमिटी गठन गरिएको छ । एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली, ज्वालाकुमारी साह माइन्युट कमिटीमा रहेका छन् ।

तपाइँको प्रतिक्रिया