अध्यक्षमा उठ्ने नउठ्ने निर्णय गरेको छैन- ओली
काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको दशौं महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने या नउठ्ने विषयमा कुनै निर्णय नलिएको बताएका छन् । महाधिवेशनको पूर्व सन्ध्यामा सम्पादकहरुसँगको अन्तक्रिया गर्दै भने– ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। म प्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ ।’
उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए। महाधिवेशनको सन्दर्भमा सम्पादकहरूसँग अन्तर्क्रियामा ओलीले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताए । ‘यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति नजरअन्दाज गरिँदैन’, उनले भने ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नभइ आफूप्रति माया र सम्मान देखाएको ओलीले बताए । ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै कसैलाई करकाप नगर्ने बताएका छन् । प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने उनको भनाइ छ ।
माधव कुमार नेपाललाई पार्टीको कार्यक्रममा निम्तो गर्न सकिएन । साउन २५ गते पार्टीले अनुशासनको कार्बाही गरि निष्कासन गरिसकेकाले उनलाई बोलाउन नमिल्ने बताए । एमाले फुटाउनका लागि राजनीति दल सम्बन्धी अध्यादेश ल्याएको आरोप लगााए । उनले एमालेबाट निष्काशित गरेका झुण्डहरुको समूहलाई पार्टी नमान्ने बताए ।