मंगलबार, असोज १६, २०८०

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपालीमूलका समाजसेवी राम मालाकार पुरुस्कृत

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ७ गते ११:०६

विजय थापा । अमेरिकाको डिसी महानगर क्षेत्रका वरिष्ठ अग्रज र सामाजिक अभियन्ता राम मालाकार राष्ट्रपति जो बाइडेनद्वारा जीवन-काल प्राप्ति(लाइफ टाइम एचिभमेन्ट अवार्ड ) पुरस्कारबाट सम्मानित भएका छन् ।

४० बर्ष भन्दा अगाडी अमेरिका आएका मालाकार अमेरिकाका विभिन्न संघ/संस्थाका नेतृत्व गरि सकेका छन । उनि एक बिशुद्ध सामज सेवी हुन् भने उनले निस्वार्थ र निसर्त रुपमा समाजमा थुप्रै योगदान पुराएका छन् । समाज सेवाको अर्को पर्याय नाम मालाकार हुन् भन्दा अतिशयोक्ति नहोला । उनि हृदयबाट समाज सेवा गर्छन । जीवन नै समाजसेवामा समर्पित गर्ने वरिष्ठ मालाकार जति नै चर्चा गरे पनि कम हुन्छ ।

सेवा बाहेक उनको अर्को तर्फ कुनै ध्यान नै हुदैन । अमेरिकी समाजमा करिव ४० बर्ष देखि समाज सेवामा होमिएका उनलाई राष्ट्रपति जो बाइडेनले जीवन-काल प्राप्ति(लाइफ टाइम एचिभमेन्ट अवार्ड ) पुरस्कारबाट सम्मानित गरेका छन् । उनले समुदायमा पुराएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान गरिएको हो ।

अमेरिका नेपाल सोसाइटीका दुई पटकक लागि अध्यक्ष भएका मालाकार एनपीपीएका पनि संस्थापक हुन् । साथै उनलाई न्यूजर्सी राज्यले पाउल ह्यारिस फेलो अवार्ड (पुरस्कार)द्वारा समेत सम्मान गरेको छ । उनि मेरिल्याण्ड निवासी हुन् भने उनि सपरिवार मेरिल्याण्डमै बसोबास गर्छन ।

तपाइँको प्रतिक्रिया