मंगलबार, असोज १६, २०८०

एमाले महाधिवेशनमा डिआइजीको कमान्डमा सुरक्षा परिचालन गरिने

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ६ गते १६:१०

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षाबारे गृहमन्त्रालयमा छलफल भएको छ । चारवटै सुरक्षा निकाय र एमालेका प्रतिििनधहरुबीच महाधिवेशन शान्ति सुरक्षा कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल गरिएको हो ।

एमालेको महाधिवेशनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिआईजीको कमाण्डमा सुरक्षाकर्मी परिचालन हुने भएका छन् । एमाले केन्द्रीय जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेसहितका नेताहरुसँगको भेटमा गृहका उच्च अधिकारीहरुले सो जानकारी दिएका हुन् ।

आइतवार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डेसहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका कार्यवाहक महानिरीक्षक निरजवहादुर शाही र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए ।

एमाले नेताहरु सुरेन्द्र पाण्डे, विष्णु रिमाल, आनन्द पोखरेल र खिमलाल भट्टराई गृहमन्त्रालयमा पुगेर महाधिवेशन सुरक्षाबारे छलफल गरेका थिए । एमालेको १० औं) महाधिवेशन चितवनमा यहि मंसिर १० देखी १२ सम्म हुने भएको छ ।

 

तपाइँको प्रतिक्रिया