सोमबार, असोज १५, २०८०

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ६ गते १४:२१

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको एक मात्र विमानज्स्थल २५ दिन बन्द हुने भएको छ । विमानस्थलको ओभरेल गर्नु पर्ने भएकाले यहि मंसिर १० गते देखि पुस ५ गतेसम्म विमानश्स्थल बन्द गरिने भएको हो ।

विमानस्थल बन्द हुँदा विभिन्न ठाउँबाट सुर्खेतका लागि उडान हुने हवाइजहाजहरु प्रभावित हुने छन् । हवाई उडान प्रभधावि हुँदा त्यहाँ जाने र आउने यात्रुहरुले नेपालगञ्जबाट सेवा लिनु पर्ने जनाइएको छ । विमानस्थलको नियमित प्रकृया बमोजिम नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सोही बमोजिम काम गर्न लागिएको कार्यालले जनाएको छ ।

सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरूले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् । बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुने भएपछि नेपालगन्जमा एउटा उडान थप्ने तयारी गरेको छ ।

तपाइँको प्रतिक्रिया