द्धन्दकालका कमीकमजोरी बारे सत्य,तथ्य छानविन गर्न प्रतिवद्ध छौं प्रचण्ड
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर ५ गते १५:१३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिटै पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले युद्धलाई शान्तिमा रूपान्तरण गर्ने काम सम्पन्न भए पनि त्यो समयमा घटेका घटनाको सत्यरतथ्य छानबिन गरी सार्वजनिक गर्न र पीडितहरूलाई परिपूरण गर्न अझै बाँकी रहेको भन्दै यस्तो काम गर्न आफू प्रतिबद्ध रहेको बताएका हुुन ।
उनले युद्धका बेला भएका कमजोरीहरूको छानबिन गरी सत्यरतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाउँदै आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति गर्व गर्दै त्यसबेला भएका कमीकमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन ्
हेर्नुहोस विज्ञप्ति जस्ताको त्यस्तै