अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई मार्ने धम्की दिने व्यक्ति दोषी ठहर
एजेन्सी । अमेरिकाको एरिजोना राज्यका एक मानिसले सभामुख न्यान्सी पेलोसीलाई मार्ने धम्की दिने व्यक्तिलाई दोषी ठहर गरिएको छ ।
उनले पेलोसीलाई “म तिमीलाई मार्न आउँदैछु” भन्दै सन्देश छोडेका थिए। उनलाई गत बिहीबार नोभेम्बर १९ का दिन दोषी ठहरियो भनि संघीय अभियोजकहरूले बताए ।
बुलहेड शहरका ७७ वर्षीय स्टिभन आर्थर मार्टिसलाई अन्तरराज्यीय खतरा सञ्चार गरेको आरोपमा दोषी ठहर गरिएको थियो। एरिजोना जिल्लाका लागि अमेरिकी अधिवक्ताको कार्यालयले शुक्रबार उक्त कुरा जनाएका छन् ।
मार्टिसले जनवरी १७ मा पेलोसीको कार्यालयमा स्वर सन्देश ९भ्वाइसमेल०हरू छोडेका थिए । एउटा अपराधमा पेलोसीलाई मार्ने धम्की र अर्कोमा तिमी मर्यौ भनेका थिए ।
करिब एक वर्ष अघि एफबीआईले मार्टिसलाई कांग्रेसका अर्का सदस्यलाई फरक सन्देश पठाएको बारेमा केरकार गरेको थियो । उनलाई चेतावनी समेत दिइएको थियो भनि मुद्दामा दायर गरिएको शपथ पत्रमा भनिएको छ भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।