गठबन्धन देखेर एमालेको सातो गएको छ: नेपाल
काठमाडौं । नेकपा (एकिकृत समाजवादी ) पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको सरकार देखेर एमाले आत्तिएको बताएका छन् । भरतपुर विमानस्थलमा एकीकृत समाजवादी प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले नेकपा एमाले अब इतिहासमा मात्रै सीमित रहने बताए।
पाँच दलको गठबन्धन लामो समयसम्म रहने सहमति भएको जनाउँदै उनले एकअर्कालाई सहयोग गरेर अघि बढ्ने बताए । गठबन्धन देखेर कतिपय पार्टीको सातो गएको छ । नेताको होसहवास बुम भएको छ, नेकपा एमालेतर्फ इङित गर्दै उनले भने, सबै काम एकीकृत समाजवादी ले गरेको हुनाले यसको नाम सुन्ने वित्तिकै थरथर काप्न थाल्छन् ।
चितवनमा हुने एमाले महाधिवेशनमा नेपाललाई नबोलाउने भनेर एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भनेको कुरामा नेपालले कसैको पाहुना बन्न चाँसो नभएको बताए । बाटोमा कसले के भन्छ त्यसको टिप्पणी गर्दिन । नबोलाएको पाहुन बन्न हुँदैन भनेझै कसैको पाहुना बन्नुपर्ने केही चासो छैन। हामी हाम्रै काममा यति व्यस्त छौं कि फुर्सद नै छैन।
फरक प्रशगमा बोल्दै अध्यक्ष नेपालले सर्वाेच्च अदालतको विवाद चाडै हल हुने दाबी गरे । उनले न्यायालयमा भएको विवादको विषयमा सत्ता साझेदार पाँच दलबीच छलफल भएको बताउँदै प्रधानमन्त्रीले नै सबैसँग परामर्श गरेर पहल गर्ने बताए।