सर्वाेच्चको फुलकोर्टको निर्णय,मुद्धाको पेशी गोलापर्थाद्वारा गरिने
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २ गते १६:२४
काठमाडौं । सर्वाेच्च अदालतको फुलकोर्ट बैठक सम्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो ।
बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी व्यवस्थापनसम्बन्धी निर्देशिका पारित गरेको हो । उक्त निर्देशिक सूचना राजत्रमा प्रकाशित भएपछि गोला प्रथाबाट पेसी तोकिने भएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसियसन र सर्वाेच्च बारका न्यायाधीशहरु आन्दोलनमा उत्रेका भए पनि पछिल्लो समय भने नेपाल बार एसोशिएसन र सर्वाेच्च बार भित्रै मतभेद देखा परिहेको छ ।