भोलिदेखि सहीद स्मारक ए डिभिजनलिग सुरु हुँदै
फ्ल्यासन्युज नेपाल२०७८ मंसिर २ गते १४:११
काठमाडौं । भोलीदेखी सहीद स्मारक ए डिभिजन लिग सुरु हुँदैछ । कार्तिक २७ गते देखि सुरु हुने भनिएको स्मारक ए डिभिजन लिग भोलि (मंसिर ३) गते बाट सुरु हुने भएको हो ।
भोलि हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् । सातदोबाटो युथ क्लब यस पटक मात्रै ए डिभिजन लिगमा बढुवा भएको थियो । भोलि हुन लागेको खेल दशरथ रंगशालामा बेलुकी ४ सुरु हुदै छ । टिकटको मूल्य भने १०० र ५०० रहेको छ ।
यस पटक लिगमा १४ वटा क्लबहरु भिडन्त गर्दै छन् । तत्कालिन बिजेता मछिन्द्र क्लबसँगै मनाङ मस्याङदी क्लब, थ्रीस्टार क्लब, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, हिमालयन शेर्पा, न्युरोड टिम (एनआरटी), संकटा क्लब, च्यासल युथ क्लब र सातदोबाटो युवा क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।