शनिबार, असोज १३, २०८०

प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ :वरिष्ठ अधिवक्ता थापा

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १ गते १६:५१

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन्। बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् । उनले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको बताए ।

वरिष्ठ अधिवक्ता थापाले कानून व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताए । केही न्यायाधीशहरु इजलाश बस्न लागेको तर्फ इंकित गर्दै उनले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताए । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दुषित भएको टिप्पणी गरे । उनले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरुलाई आग्रह पनि गरे ।

उनले आफुहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए ।

उहाँले आफुहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दैगर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरुलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानून व्यवसायीहरुले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानविन गर्न चुनौति दिनुभयो । उहाँले सिरकभित्र टाउको नलुकाई बारको आन्दोलनमा ऐक्यवद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल बार एसोसिएसनले आज ९बुधवार० पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराभने बैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गर्नुभएको थियो । प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले प्रधानन्यायाधीशको राजिनामा नआउञ्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।

तपाइँको प्रतिक्रिया