मंगलबार, असोज १६, २०८०

आजदेखि ई–पासपोर्ट

फ्ल्यासन्युज नेपाल२०७८ मंसिर १ गते ९:०३

काठमाडौं । राहदानी विभागले आजबाट विद्युतीय राहदानी ९ई–पासपोर्ट० जारी गर्दैछ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिनेछ ।

ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् ।

विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ ।

पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ । मेसिन रिडेबल राहदानी ९एमआरपी० बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन् । ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ । चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण सुरक्षित रहने बताईएको छ ।

तपाइँको प्रतिक्रिया