मंगलबार, असोज १६, २०८०

न्यायाधीशहरु विरुद्ध समेत आक्रमक बन्दै नेपाल बार

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक ३० गते १४:२३

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै तीन सातादेखि आन्दोनरत नेपाल बार एसोशिएसन सर्वाेच्चका न्यायाधीशहरु विरुद्ध समेत खनिएको छ ।

प्रधानन्यायाधीश जबराले सम्वादमा आउन भन्दै प्रेस विज्ञप्ति निकालेपछि अघोषित रुपमा आन्दोलनमा उत्रेको सर्वाेच्च बारका न्यायाधीशहरुबीच कित्ताकाट भएपछि नेपाल बार आक्रमक भएको हो ।

हिजो नेपाल बार एसोसिएसन सँग छलफलमा नगएका सर्वाेच्चका ६ न्यायाधीशहरु विरुद्ध समेत आन्दोलन गर्ने नेपाल बार एसोशिएसनका महासचिव लिलामणी पौडेलले बताएका छन् । प्रधान्यायाधीशको निरन्तरताका लागि गरिने पहल मान्य हुने छैन । तपाईंहरूविरुद्ध पनि आन्दोलनमा लाग्छौं, ’ महासचिव पौडेलले भने ।

न्यायाधीशहरूबीचमा नै फुट आइरहेका बेला बारले उनीहरूप्रति खबरदारी गरेको हो । न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको उनीहरूको बुझाइ छ ।

तपाइँको प्रतिक्रिया