मंसिर एक गते राष्ट्रिय कफी दिवस मनाईदैं, कुल उत्पादनको २५ प्रतिशत कफी निर्यात
काठमाडौं । मंसिर एक गते नेपालमा राष्ट्रिय कफी दिवस मनाइदै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भोली राष्ट्रिय कफी दिवसको १७ औँ संस्करण देशव्यापी सुरु हुन लागेकाे हाे ।
यस वर्ष कफीसँग सरोकार राख्ने सबैले आ-आफ्नो स्थानमा हर्सोल्लासका साथ मनाइने कफी दिवसको मूल समारोह यस पटक काठमाडौंमा मनाउने कार्यक्रम रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
कफी किसानलाई संरक्षण र प्रोत्साहन,व्यवसायिक कफी उत्पादनमा युवाको योगदान भन्ने मूल नाराका सहित सुरु हनु गइरहेको कफी दिवसमा कफी प्रेमीहरु उत्साहजनक रुपमा सहभागी हुने बोर्डले जनाएको छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । एक दसक अघि कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको सोभा बनिसकेको बोर्डले जनाएको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धी भएको देखिन्छ । तर माग अनुसार उत्पादन नहुँदा विगत केही वर्ष कफीको आयात बढेको भए ता पनि गत वर्ष भने आयात कम भई निर्यातमा केहि आशाको पलाएको जनाएको छ ।
आ.व २०७६/ ०७७ मा नेपालभर २९६.५ मेट्रिक ग्रीन वीन कफी उत्पादन भएको थियो । भन्सार विभागको आ.व. २०७६ /०७७ मा को
तथ्याङ्क अनुसार ११ करोड ८८ लाख बराबरको २६६ मेट्रिक टन कफी नेपालमा आयात हुँदा ५ करोड ७७ लाख रूपैयाँ बराबरको ४६.८९ मेट्रिक टन कफी निर्यात भएको बोर्डले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को तथ्याँक हेर्ने हो भने १० करोड ६७ लाख बराबरको १९८.७६ मेट्रिकटन कफी आयात हुँदा ९ करोड ६० लाख बराबरको ७२.४८ मेट्रिकटन कफी विदेश निर्यात भएको छ ।
कुल उत्पादनको झन्डै २५ प्रतिशत कफी विदेश निर्यात हुँदै आएको बाेर्डले दाबी गरेकाे छ । नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । देश भित्रै पनि कफीको माग बढ्दै गैरहेकाले आन्तरिक माग पुर्तीका लागि पनि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिएकाे छ ।
कफी किसानहरुलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्ताहरुलाई आकर्षण गरि सिमित क्षेत्रमा गरिदै आएको कफी खेतिलाई कफी स्टेटमा रुपान्तरण गर्न सकेमा व्यवसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि
बढाएको जनाएको छ ।
राष्ट्रिय चियाकफी विकास बोर्डका निर्देशक डा. विष्णु प्रसाद भट्टाराईका अनुसार नेपालका उत्पादीत कफीको मूलय विवरण र उत्पादनको अवस्था निम्नानुसार रहेको छ ।
]
कफीकाे उत्पादन कुन प्रदेशमा कस्ताे छ हेर्नुहाेस् विवरण