कांग्रेस महाधिवेशन प्रतिनिधि शाहीद्वारा पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग हस्तान्तरण
काठमाडौं । अबिरल वर्षासँगै आएको पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई नगद रकम हस्तान्तरण गरिएको छ । नेविसंघ निर्वमान उपाध्यक्ष एवम् नेपाली कांग्रेस डोटीका महाधिवेशन प्रतिनिधि पुष्प कुमार शाहीले पहिरोमा परि ज्यान गुमाएका पीडित परिवारलाई प्रति परिवार १० हजारका दरले नगद रकम हस्तान्तरण गरेका हुन् ।
असोज ३१ गतेदेखि मंसिर ३ गतेसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा अबिरल वर्षाका कारण बाढी र पहिरोबाट विभिन्न जिल्लामा ठूलो मात्रामा धनजनको क्षती भएको थियो ।
जस अन्तगर्त डोटीको जोरायलमा ज्यान गुमाएका शेर बहादुर कामी,मोहन कामी,पुष्कर कामी र पबित्रा कामीका आफन्त हेम कामीलाई राहत स्वरुप प्रति ब्यक्ति १० हजारका दरले ४० हजार रुपैया सहयोग गरेको शाहीले जानकारी दिएका छन् । मृतक रबिन कामीका आफन्त अम्मरे कामी,जोगी सार्की र झुप्री सार्कीका आफन्त पुर्णे सार्कीलाई राहत स्वरुप ७० हजार हस्तान्तरण गरेको बताएका छन् । उक्त रकम सहयोगी गर्नेहरु अस्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाह र नेपाली कांग्रेस जनसम्पर्क समिती डेनमार्कका उपसभापति नील कुमार थापा धन्यवाद ज्ञापन गर्दै बाँकी मृतकका परिवारलाई चाडै नै सहयोग हस्तान्तरण गर्ने बताएका छन ।