शनिबार, असोज १३, २०८०

अब महाधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौं: नेता थापा

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २९ गते १४:०१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाली कांग्रेस पहिलो पार्टी बन्नका लागि ४५ लाख मत ल्याउनु पर्ने बताएका छन् । काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममालाई सम्बोधन गर्दे नेता थापाले उक्त कुरा बताएका हुन् ।

नेता थापाले भने, केन्द्रीय समिति बैठकपछि भने अब महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको बताएका छन्। ‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौं, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’

पटकपटक महाधिवेशन सरेकोले यो मितिमा पनि महाधिवेशन हुनेमा शंका थियो। थापाका अनुसार निर्वाचन आयोगले बारम्बार दिएको दबाबपछि मात्रै अहिले नै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको हो।

‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौं होला,’ उनले भने, ‘यो सामुहिक क्षयिकरणको प्रमाण हो। हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौं।’

उनले १३ लाख मत थप गरे मात्रै कांग्रेस अब पहिलो पार्टी बन्ने बताए। नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए।

तपाइँको प्रतिक्रिया