मंगलबार, असोज ९, २०८०

आन्दोलनरत कानून व्यवसायीहरुलाई वार्तामा आउन प्रधानन्यायाधीशको आग्रह

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २९ गते ११:३५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानून व्यवसायीहरुलाई वार्तामा आउन आग्रह गरेका छन् । निजी सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न बार र बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् ।

नेपाल बारले आफूविरुद्ध गरिरहेको प्रदर्शनलाई सर्वोच्चको झ्यालबाट नियाल्दै आफ्नो कार्यकक्षतर्फ जाँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयम सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको पनि विज्ञप्ति मार्फत जनाएका छन् ।

तपाइँको प्रतिक्रिया