सोमबार, असोज १५, २०८०

ट्याक्सीको भाडा महङ्गो भयो, अब विमानस्थलमा सटल बस सेवा सञ्चालन गछौं :मन्त्री आले

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २८ गते १५:४३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकमा मन्त्री आलेले विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् ।

उनले यात्रुहरुले विमानको भन्दा ट्याक्सी भाडा धेरै भएको गुनासो गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ वटा निःशुल्क सटल बस ञ्चालन गर्न लागेको जानकारी दिए । मन्त्री आलेले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन आग्रह गरेको बताए ।

भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाईन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन आग्रह गरेको मन्त्री आलेको भनाइ थियो ।

तपाइँको प्रतिक्रिया