बुर्जुवा संसदद्बाटबाट मुक्त हुनुपर्छ:नेता खनाल
काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले जनताको बहुदलिय जनवाद मार्गदर्शन बन्न नसक्ने बताएका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले मार्क्सवाद, लेनिनवाद मात्रै मार्गदर्शन भएको ठोकुवा गरे ।
उनले कम्युनिष्ट पार्टीको स्थापना भएपछि जनवादी क्रान्तिको थालनी भएको स्पष्ट पार्दै ‘स्वरुपमा जति धेरै जनवाद जन्मिएपनि सारतः सबै जनताको बहुदलीय जनवाद भएको उल्लेख गरे । जबज भनेको पुजिवाँदी जनवादको एउटा रुप हो। जनवादको उपयोग गर्दै समाजवादी क्रान्तिको कार्यदिशा पूरा गर्नुपर्छ।’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘जबज मार्गदर्शन बन्न सक्दैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शन हो।’
उनले चुनावलाई कार्यनीतिक रुपमा हेर्नुपर्ने बताए। उनले पार्टीको नीतिगत मार्गदर्शन अनुरुप सरकार चल्नुपर्ने स्पष्ट पारे। उनले मार्क्सवादका सिद्धान्तलाई गहिरोसँग अध्ययन गर्न कार्यकर्तालाई आग्रह गरे।
नेता खनालले दक्षिणवादी अवसरवादी ,व्यक्तिवाद, अहंकारवादले एमाले पार्टी कब्जा गरेको बताए । खनालले भने, ‘आम कार्यकर्ताको विचमा भण्डाफोर गर्नुपर्छ। बुर्जुवा संसदद्बाटबाट मुक्त हुनुपर्छ। ’ खनालले ओलीले गुट मात्रै चलाएकाले उनी नेतृत्वको सरकारले दुईतिहाई बहुमतलाई सदुपयोग हुन नसकेको दाबी गरे। उनले भने, ‘एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर भयो र नयाँ पार्टी खोल्नु परेको हो। उनले सत्ता गठबन्धनलाई तलैसम्म लैजानुपर्ने धारणा राखे।