शनिबार, असोज १३, २०८०

डडेल्धुराको वडा र पालिका अधिवेशन पुनः नगराए अनसन बस्ने सभापति कर्णको चेतावनी

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २७ गते १४:४१

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः नगरिए अनसन र धर्नामा बस्ने चेतावनी दिएका छन् ।

शनिबार सभापति कर्णले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब बस्ने पार्टीको केन्द्रीय कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमै धर्ना र अनसनमाबस्ने चेतावनी दिएका हुन् ।

उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रूपमै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय निर्वाचन समितिलाई उजुरी गर्दा पनि त्यसको सुनुवाइ नभएको भन्दै आक्रोश व्यक्त गरेका छन । सत्ता र शक्तिको दुरुपयोग गरेर वडा र पालिका अधिवेशन गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय सभापति देउवा र केन्द्रिय निर्वाचन समितिलाई उनले ‘सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशनअनुसार वडा तथा पालिका अधिवेशन हुने तर डडेल्धुरामा किन नहुने ?भन्दै प्रश्न गरेका छन् ।

तपाइँको प्रतिक्रिया