मंगलबार, असोज १६, २०८०

इन्धनको मूल्यवृद्धि बारे चौतर्फी विरोध

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २५ गते १९:५५

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएपछि चौतर्फी बिरोध सुरु भएको छ । मुल्य वृद्धी फिर्ताको माग गर्दै विभिन्न संघसंघठनहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आज वक्तव्य जारी गर्दै मुल्य वृद्धी फिर्ता लिन माग गर्नुभएको छ । साथै नेकपाले आज देशव्यापी प्रदर्शन, भोलीे साँझ मसाल जुलुस तथा २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

यस्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा ६ विद्यार्थी संगठनले पनि आन्दोलन थाल्ने भएका छन् । यस्तै मुल्य वृद्धी फिर्ता लिन ६ विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपानिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका देवेन्द्र कुँवरले आज विज्ञप्ति निकाली मुल्य वृद्धी फिर्ता लिन माग गरेका छन् ।

उनीहरुल भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल आयल निगम घेराउ गर्ने र निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई कार्यालय प्रवेशमा निषेध गर्ने जस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

तपाइँको प्रतिक्रिया