तीनवटा प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ
फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २५ गते १८:२६
काठमाडौं । नवनयिुक्त तीनवटा प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको सपथ ग्रहण ग्रहण गरेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले शपथ ग्रहण गरेका हुन ।
नवनियुक्त प्रदेश प्रमुखहरुले आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन । सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिसानुसार राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
नवनियुक्त प्रदेश प्रमुखहरुले आज संविधानको धारा १६७ बमोजिम पद तथागोपनियताको शपथ लिएका हुन् ।