पेट्रोलयम पदार्थको मूल्य विरुद्ध विप्लवले देशभर आन्दोलन गर्ने
फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २५ गते १३:३४
काठमाडौं। नेत्र विक्रम चन्द्र विप्लव समूहको नेकपा माओवादीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलनको घोषणा गरेको छ । नेत्र विक्रम चन्द विप्लप समूहले एक प्रेस विज्ञप्ति जारी गर्दै मुलकरभर आन्दोलन गर्ने जनाएको हो ।घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।
हेर्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै