फाईजरले एफडिएसँग कोभिड-१९ बिरुद्ध १८ बर्ष भन्दा माथि सबैलाई अभिवर्धक खोप स्वीकृतको लागि आग्रह
फाईजर तथा बायोएनटेकले एफडिएसँग कोभिड-१९ बिरुद्ध अभिवर्धक (बुस्टर)खोपको स्वीकृतको दिनको लागि आग्रह गरेका छन ।
फाईजर तथा बायोएनटेकले नोभेम्बर ९ मंगलबारका दिन अमेरिकी खाद्य र औषधि प्रशासन(एफडिए)लाई १८ वर्ष तथा माथिका सबै व्यक्तिहरूलाई कोभिड-१९ को अभिवर्धक (बूस्टर शट)को लागि आफ्नो आपतकालीन प्रयोग स्वीकृत विस्तार गर्न आग्रह गरेको हो ।
हाल फाईजरको अभिवर्धक खुराक खोप ६५ बर्ष भन्दा माथिका व्यक्तिहरूलाई मात्र लगाउन पाइन्छ । एफडिएले केवल आकस्मिक प्रयोगको लागी मात्र स्वीकृति दिएको छ ।
१८ बर्ष माथिका र विद्यमान चिकित्सा समस्या भएकाहरु पनि कोरोनाबाट उच्च जोखिम हुन् सक्छन । तर एफडिएले दुवै खोप लगाएको ६ महिना पछि मात्र बूस्टर(अभिवर्धक )खोप दिन अनुमोदन गरेको थियो ।
उनीहरुले १८ वर्ष र माथिका सबै व्यक्तिहरूलाई आकस्मिक प्रयोगको अनुमति दिन आग्रह गरेको छ । फ़ाइजरको अभिवर्धक खोपले संक्रमण विरुद्ध ९६ % सुरक्षित गर्छ ।
नाम नखुलाउने सर्त अनुसार एक स्वास्थ्य अधिकारीहरूले वाशिंगटन पोस्टलाई नोभेम्बरको अन्त्यसम्म स्वीकृत हुन सक्छ भनि बताएको समाचार युपीआईले लेखेको छ ।
एफडिएले मोडर्ना र जोन्सन जोन्सनको अभिवर्धक खोप पनि आकस्मिक प्रयोगको लागि स्वीकृत दिई सकेको छ ।