सोमबार, असोज १५, २०८०

एमसीसी संशोधन गरेर मात्रै पास गर्ने माओवादी केन्द्रको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २३ गते १८:३७

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन गरेर मात्र पारित गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकले गरेका निर्णय जानकारी गराउनुभएको थियो । न्यायालय स्वतन्त्र संस्था भएकोले त्यसमा देखिएको विवादबारे बोल्न उपयुक्त नहुने निष्कर्ष माओवादी स्थायी समिति बैठकको छ। ‘न्यायालय स्वतन्त्र संस्था हो,’ प्रवक्त कृष्णबहादुर महराले भने, ‘न्यायालयभित्र देखिएको विवाद न्यायालय आँफैले टुंगो लगाउँछ।’ अदालतभित्र देखिएको विवादबारे दलहरुलाई बोल्न दबाब परिरहेको समयमा माओवादी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

तपाइँको प्रतिक्रिया