मंगलबार, असोज १६, २०८०

थप एक जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २३ गते १६:४०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ७ सय ३७ जनामा भएको कुल परिक्षणमा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसै गरि आज ४सय ८४ जनामा व्यक्तिहरुले कोरोना संक्रमणमुक्त भएका छन् ।
हेर्नुहोस् देशभरको कोरोना संक्रमणको वर्तमान अवस्था

तपाइँको प्रतिक्रिया