सोमबार, असोज १५, २०८०

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २३ गते १५:३६

काठमाडौं । गठबन्धन सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

यस अघि ओली सरकारले गरेका प्रदेश प्रमुख हटाएर देउवा सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको हो ।

 

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

तपाइँको प्रतिक्रिया