मंगलबार, असोज ९, २०८०

प्रधानन्यायाधीश राणाले तोके आफू सहित १० वटा इजलास

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २३ गते ११:०३

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले नियमित इजलाश अन्तर्गत बन्दीप्रत्यक्षीकरणका रिटहरु समेत तोकेका छन् । तर न्यायाधीशहरु भने बन्दी प्रत्यक्षीकरण बाहेकको सुनुवाई नगर्ने अडानमा देखिएका छन् ।

मंगलबार उनले आफूसहित १० वटा इजलास तोकेका छन् । आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका छन् । सोमबार प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका थिए । उनले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका थिए ।

 

प्रधानन्यायाधीशसहित तोकिएको संयुक्त इजलासमा न्यायाधीश कुमार चुडाल बसेका थिएनन् । उनले व्यस्तताको कारण देखाउँदै प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा बस्‍न नमानेको स्रोतले बतायो । चुडाल आफ्नै लागि तोकिएको एकल इजलासमा भने बसे ।

न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजालस बसेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलास पनि बसेको थियो ।

प्रधानन्यायाधीश जबराले मंगलबारका लागि आफूलाई विभिन्न ७ वटा मुद्दामा पेसी तोकेका छन् ।

तपाइँको प्रतिक्रिया