अपमानी लागू नगरि सूदुरपश्चिम प्रदेश कमिटीको बैठक गर्नु गुटबन्दीको नमूना हो: उपाध्यक्ष रावल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले सूदुरपश्चिम प्रदेश कमिटीको बैठक गुटबन्दीको नमूना भएको आरोप लगाएका छन् । मंगलबार हुने भनिएको नेकपा एमाले सूदुरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमती र त्यसको कार्यान्वयन विपरित भएको प्रतिक्रिया दिनु भएको छ ।
उपाध्यक्ष रावलले ट्विटर मार्फत एमाले सूदुरपश्चिम प्रदेश कमिटी बैठक गुटको भएको संज्ञा दिएका छन् । उनले भनेका छन, आज हुने भनिएको कथित सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन १२ को विपरीत छ। यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अन्तरपार्टी निर्देशन १२ झापामा लागु हुने, सुदुरपश्चिममा लागु नहुने किन भन्दै प्रश्न गरेका छन् । यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि भन्दै केपी ओलीलाई प्रश्न समेत गरेका छन् ।