शनिबार, असोज १३, २०८०

बागमती प्रदेश मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २२ गते १८:३७

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत हासिल गरेका छन् । वागमती प्रदेशसभामा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेशसभामा उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदा गरेका छन् । त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत परेको छ । त्यस्तै २ जना प्रदेशसभा सदस्यले मत दिन्न अर्थात तटस्थमा मतदान गरेका छन् ।

प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा गएको कात्तिक ११ गते पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तपाइँको प्रतिक्रिया