मंगलबार, असोज १६, २०८०

राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगे ओली

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २१ गते १३:५६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका ओली सरकारबाट बहिर्गमन भएपछि आइतबार एकाएक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।

पछिल्लो समय न्यायालयमा भएको विवादका बारेमा ओली र भण्डारीपछि छलफल समेत हुने स्रोतले जनाएको छ । ओलीले कुनै पनि राजनीति विषयमा निर्णय र धारणा लिनु पूर्व राष्ट्रपति भण्डारीको सल्लाह लिने गरेका छन् । तर, भेटमा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल हुने बताइएको छ । एमालेको महाधिवेशन आउँदो मंसिर १०–१२ गते चितवनमा हुँदै छ ।

तपाइँको प्रतिक्रिया