सोमबार, असोज १५, २०८०

सल्यानबाट दाङ आउँदै गरेको बस दुर्घटना, ८ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक २१ गते १३:३६

काठमाडाै । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परि २६ जना यात्रुहरु घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोबिन्द थापाका अनुसार आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको जानकारी दिएका छन् । दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।

तपाइँको प्रतिक्रिया