प्रदेश १ काे मुख्यमन्त्रीमा नेकपा एसका नेता राजेन्द्र राई नियुक्त
काठमाडौं । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीमा शपथ ग्रहणका लागि २ बजेको समय निर्धारण गरे पनि तीन बजे मात्रै सपथ ग्रहणका लागि जाने राई बताउनु भएको छ । प्रदेश १ का एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेको पत्र बुझाएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिनु भएको थियो ।
सरकार गठनका लागि आह्वान गरिएपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दावी पेस गरेको पत्र बुझाउनु भएकाे थियाे ।