मंगलबार, असोज १६, २०८०

प्रधानन्यायाधीशले राजीनामा नदिए भोलीबाट सडक आन्दोलन गर्ने बार अध्यक्ष श्रेष्ठको चेतावनी

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १६ गते १४:१३

काठमाडौं । नेपाल बार एसोशिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोली सम्म पदबाट राजीनामा नदिए सडक आन्दोलनमा जाने चेतनावनी दिनु भएको छ । बार प्रांगणमा तेस्रो दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भोलिसम्म राजीनामा नदिए सडक आन्दोलनमा जाने चेतावनी दिनु भएको हो ।

 

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीशले अनिवार्य रुपमा राजीनामा दिएर निकास दिनु पर्ने अल्टिमेटम दिइसकेको छ । न्याय अवरुद्ध र विचलनमा छ। यो काम प्रधान्यायाधीशले गर्नु भएको छ। उहाँले तत्काल राजीनामा दिनुपर्छ श्रेष्ठले भने, न्यापालिकालाई विवादित बनाउने काम प्रधानन्यायाधीशले गर्नु भयो। भोलिको कार्यक्रमपछि हामी सडकमा आउँछौं। त्यो अवस्थामा सम्मानपूर्वक के हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

राणाले नेपाल बार चुप लागेर बस्दैन। हामी जनतासँगै सडकमा आउँछौं। २१ र २२ गते ९० वटा बार इकाईसँग छलफल गरेर सशक्त आन्दोलन गर्नेछौं श्रेष्ठले भन्नु भएको छ ।

तपाइँको प्रतिक्रिया