शनिबार, असोज १३, २०८०

ओलीले सरकार ढाल्छु भन्ने कुरा दिवा सपना मात्रै हो: नेपाल

फ्ल्यासन्युज नेपाल२०७८ कार्तिक १६ गते १३:०८

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एाले अध्यक्ष केपी शर्मा ओली गफाडी नेता मात्रै भएको बताउनु भएको छ । आज (मंगलबार) गृह जिल्ला रौतहटमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकार ढालिदिन्छु भन्ने धम्की दिवा सपना मात्र भएको बताउनु भएको हो ।

अध्यक्ष नेपालले घर घरमा ग्याँस, नेपाली झण्डावाल पानी जहाज सञ्चालन गर्नेजस्ता हावादारी गफ दिएको भन्दै उनले ओलीका अभिव्यक्तिलाई गम्भीरताका साथ हेर्न जरुरी नरहेको बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीशको विषयमा अहिलेसम्म गठबन्धनबिच छलफल नभएको बताउनु भएको छ । यसबारे पाँच दलका शीर्ष नेताबीच छलफल हुने पनि उनले प्रस्ट पारे । अहिले ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको दाबी गर्नु भएको छ। उहाँले तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो औंल्यानु भएको छ ।

तपाइँको प्रतिक्रिया